२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक


सञ्चार डबली
  • शुक्रबार, भदौ ६ २०८२
  • 5.4K
    SHARES

  • images
    सानिमा बैंक बन्यो द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइनाको नेपालका लागि एजेन्ट बैंक

    द एक्सपोर्ट एण्ड इम्पोर्ट बैंक अफ चाइना (CEXIM)  बैंकले सनिमा बैंक लिमिटेडलाई नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रा.लि.(१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा.लि (१२० मेघावाट)–१ समेत २ जलविद्युत

    आयोजनाका लागि वित्तीय सहजीकरण/मध्यस्थकर्ताको रूपमा कार्य गर्न सानिमालाई उक्त बैंकले एजेन्ट बैंक नियुक्त गरेको हो । सो सम्बन्धी सम्झौतामा CEXIM बैंकको चीनस्थित सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रमकाबिच हस्ताक्षर भएको सानिमा बैंकले जनाएको छ । 

    उक्त सम्झौतामा सानिमा बैंक (एजेन्ट बैंक)का तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र CEXIM को तर्फबाट Sichuan शाखाकी उपाध्यक्ष Ms. Wu Yanhui ले हस्ताक्षर गरेका छन् । 

    उक्त विशेष कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, CEXIM बैंक Sichuan शाखाका अध्यक्ष Mr. Chen Shengrong,र क्न्क्ष्ऋ इन्टरनेशनलका अध्यक्ष Mr. Liao Bin समेतको उपस्थिति रहेको थियो ।

    सो समारोहलाई सम्बोधन गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले एजेन्सी बैंकको रूपमा कार्य गर्न सानिमा बैंकलाई विश्वास गरी छनौट गर्नु भएकोमा सबै सरोकारवालाहरू प्रति आभार व्यक्त गरे । 

    साथै, CEXIM बैंकसँगको महत्त्वपूर्ण सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार भई व्यापार प्रवद्र्धनमा टेवा पु-याउने विश्वास व्यक्त गरे । 
    उनले उर्जा जलबिद्युत, व्यापार पूर्वाधार, लगायतका क्षेत्रमा यस्ता सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा समेत गरे । 

    त्यसैगरी CEXIM र मुख्य लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले परियोजना समयमै सम्पन्न गर्न सहजिकरण गर्ने संयुक्त प्रतिबद्धता जनाएका छन् । 

    उक्त कार्यको लागि सानिमा बैंकको भुमिका महत्त्वपूर्ण हुने कुरा व्यक्त गर्दै यी परियोजनाबाट प्राप्त अनुभवबाट भविष्यमा अन्य क्षेत्रमा पनि यस किसिमका सहकार्य गर्न उक्त परियोजनाहरू कोशेढुङ्गा सावित हुने विचार व्यक्त गरे ।  

    साथै, यी परियोजना सफल बनाउन हाल सम्मकै ठुलो परिमाणमा चाइनिज मुद्राको अन्तर्देशीय कारोवार नेपालमा भित्राउन सानिमा बैंक सफल भएको छ । यस्ता कार्यले आगामी दिनमा बैंकको कार्य क्षमता बढ्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सानिमा बैंकको साख बृद्धि हुने तथा देशको दिगो बिकासमा महत्वपूर्ण टेवा पु-याउने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend