२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भारतको मुत्तृट फाइनान्सले नबिल बैंकको करिब १२ लाख संस्थापक सेयर बेच्ने


सञ्चार डबली
  • शुक्रबार, भदौ ६ २०८२
  • 4.9K
    SHARES

  • images
    भारतको मुत्तृट फाइनान्सले नबिल बैंकको करिब १२ लाख संस्थापक सेयर बेच्ने

    काठमाण्डौ । भारतको मुत्तृट फाइनान्स लिमिटेडले आफ्नो नाममा रहेको नबिल बैंक लिमिटेडको झण्डै १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले बैंकको ११ लाख ९८ हजार ५३१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

    यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको रहेको बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा दिनु पर्नेछ ।  

    निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend