२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी LAXPERIENCE २०२५ आयोजना हुने


सञ्चार डबली
  • बिहीबार , भदौ ५ २०८२
  • 6.4K
    SHARES

  • images
    लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी LAXPERIENCE २०२५ आयोजना हुने

    काठमाडौं । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ भाद्र ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५” आयोजना गर्ने भएको छ।

    यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthng जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक BMW को सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ।

    1755763395-z04cX.jpg
    undefined

    आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।

    कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्। साथै, नेल आर्ट, मेहेन्दी, नि:शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend