२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाग्मती प्रदेश सभाको बैठक बस्दै : मन्त्रीहरूले बजेटमाथी उठेका प्रश्रको जवाफ दिने


सञ्चार डबली
  • बिहीबार , असार २१ २०८०
  • 7.8K
    SHARES

  • images
    बाग्मती प्रदेश सभाको बैठक बस्दै : मन्त्रीहरूले बजेटमाथी उठेका प्रश्रको जवाफ दिने


    काठमाडौं, २१ असार । बाग्मती प्रदेश सभा बैठक बस्दैछ ।प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आर्थिक वर्ष २०८–०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि बैठक सुचारू भएको थियो ।

    यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेटमाथि छलपफल चलाउन दिएको थिएन तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढने प्रतिबद्धता जनाए पछि बुधवारबाट बैठक सुचारू भएको हो ।

    हिजोको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।बिहिवारको बैठकमा पनि मन्त्रीहरूले बजेट माथी उठेका प्रश्रको जवाफ दिनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend