२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल एसबिआई बैंक लि., रामदा एनकोर काठमाडौं, होलिडे इन रिसोर्ट काठमाडौ तथा हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्स बीच सम्झौता


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 4.8K
    SHARES

  • images
    नेपाल एसबिआई बैंक लि., रामदा एनकोर काठमाडौं, होलिडे इन रिसोर्ट काठमाडौ तथा हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्स बीच सम्झौता

    भाद्र ०४, २०८२, बुधबार

    काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पुर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ % सम्म छुट दिने सम्झौता भएको छ ।

    यसैगरी नेपाल एसबिआई बैंक लि. र होलिडे इन रिसोर्ट काठमाडौ बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५% सम्म छुट दिने सम्झौता भएको छ ।

    साथै, बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्स संग समेत दन्त उपचार सेवामा बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाइ २०% सम्म छुट प्रदान  गर्ने सम्झौता गरेकोे छ ।

    उक्त सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख सञ्चालन अधिकृत श्री विकास आनन्द तथा रामदा इनकोर काठमाडौंकी निर्देशक, (बिक्री) श्री सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौका निर्देशक, (बिक्री) श्री बिख्यात बिक्रम राणा, र हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्सका प्रबन्ध निर्देशक श्री राजेन्द्र प्रसाद भट्टका बीच आदानप्रदान भएको थियो। उक्त कार्यक्रमहरूमा बैंकका प्रमुख वित्तीय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिन मुनि बज्राचार्य र होटल तथा  हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend