२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 5.0K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि


     काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

    बैंकले हालै मात्र प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड पुगेको छ । यस वर्ष बैंकको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले ५६.२२ अर्ब निक्षेप संकलन गर्न सफल भएकोमा ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो ।

    साथै आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।

    बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्त सम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७प्रतिशतकम हो ।

    कोषलागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ जस अनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्त सम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कमहुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।

    हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप“महालक्ष्मी स्मार्ट साथी”मा भर्चुअलक्रेडिट कार्डको सुविधा थप गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend