२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न


सञ्चार डबली
  • बुधबार, भदौ ४ २०८२
  • 5.2K
    SHARES

  • images
    एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न

    काठमाडौं ।  एनआईसी एशिया लघुवित्तले प्रगति समिक्षा र रणनितिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार २ दिन चलेको बैठकमा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरुको सीप, क्षमता अभिबृद्धिका लागि तालिम पनि प्रदान गरिएको थियो ।

    संस्थाको वार्षिक कार्यक्रम अनुसार सञ्चालित बैठकमा सातै प्रदेशका प्रमुख, ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृत लगायतका ४७ कर्मचारीले तालिम प्राप्त गरेका छन् ।

    रोयल बुटिक होटेल, काठमाडौंमा सञ्चालन गरिएको कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष प्रकाश राज शर्माले देश विदेशमा सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुले गरेका राम्रा अभ्यास, लघुवित्त क्षेत्रमा आइ परेका समस्याहरु र कर्जा गुणस्तर कायम गर्न चाल्नुपर्ने असुली रणनीति बारे जानकारी प्रदान गरेका थिए भने सञ्चालक सदस्य बलराम पौडेलले शाखामा प्रभावकारी अनुगमन गर्न चाल्नुपर्ने कदम तथा तौर तरिका, सिद्धान्त आदिका बारेमा उदाहरणहरु दिई कर्मचारीहरुलाई उत्प्रेरित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend