२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनएमबि बैङ्कद्धारा ७.१३% ब्याजदरमा विशेष ईभी अटो लोन घोषणा


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 5.1K
    SHARES

  • images
    एनएमबि बैङ्कद्धारा ७.१३% ब्याजदरमा विशेष ईभी अटो लोन घोषणा

     

    काठमाडौं । नाडा अटो सो र आउँदो चाडपर्वलाई लक्षित गर्दै एनएमबि बैङ्कले सीमित अवधिका लागि वार्षिक ७.१३% ब्याजदरमा विशेष अटो (विशेष गरी इलेक्ट्रिक भेहिकल–ईभी) कर्जा योजना सार्वजनिक गरेको छ। यो योजना सहज र छिटो आवेदन प्रक्रिया सहित उपलब्ध हुने बैङ्कले जनाएको छ।

    बैङ्कका अनुसार यो अफरले ईभी प्रवर्द्धनमार्फत हरित अर्थतन्त्रतर्फको यात्रालाई टेवा दिनेछ। थप विवरणका लागि ग्राहकहरू बृहत्कोण (भृकुटीमण्डप) मा चलिरहेको नाडा अटो शोको एनएमबि बैङ्क स्टल नं. ई २४मा वा नजिकैको शाखामा सम्पर्क गर्न सक्नेछन्।

    हाल एनएमबि बैङ्कले देशभर २०२ वटा शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ। बैङ्कले यो योजना सीमित समयका लागि मात्र लागू हुने बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend