२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्से ६.५१ अंकले बढ्यो, ५ अर्ब ६३ करोडको कारोबार


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 5.5K
    SHARES

  • images
    नेप्से ६.५१ अंकले बढ्यो, ५ अर्ब ६३ करोडको कारोबार


    काठमाडौं । सेयर बजारमा आज मंगलबार सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को बिन्दुमा कायम भएको छ ।

    आज ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।

    त्यस्तै, आज होटल्स तथा टुरिज्मबाहेकका सबै इन्डेक्सहरुमा सामान्य बृद्धि भएको छ । बैंकिङ इन्डेक्स ०.५७ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत, म्यानुफाक्चरीङ इन्डेक्स ०.५२ प्रतिशतले बृद्धि भएका छन् । मंगलबार कुल कारोबार भएका कम्पनीहरुमध्ये १४२ वटाको सेयरमूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानी कर्ताले ६.९८ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन् ।

    स्र्टन हाइड्रोपावरका लगानीकर्ताले ४.५८ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend