२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भदौ ११ गतेदेखि आइपीओ जारी गर्दै बन्दिपुर केवलकार


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 7.4K
    SHARES

  • images
    भदौ ११ गतेदेखि आइपीओ जारी गर्दै बन्दिपुर केवलकार

    काठमाडौं ।  बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक निष्कासन गर्न लागेको छ ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदनकर्ताले आस्वा सदस्य बैंक तथा “मेरो शेयर“ मार्फत आवेदन दिन सक्नेछन् । आइपीओ निष्कासन अवधि छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

    यो आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिएको थियो, जसको बाँडफाँड भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend