२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 आजदेखि सुरु भयो १७ औं संस्करणको नाडा अटो शो


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 4.9K
    SHARES

  • images
     आजदेखि सुरु भयो १७ औं संस्करणको नाडा अटो शो

    काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नेछन् ।

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण रहेका छन् ।

    प्रदर्शनीमा टेस्ला, टाटा, सुजुकी, बीवाईडी, हार्ले डेविड्सनलगायत १०० भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू समावेश छन् । दैनिक १०ः३० देखि ७ बजेसम्म सञ्चालन हुने यो शो अवलोकन गर्न एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ ।

    केही हप्ताअघि सम्पन्न नाइमा मोबिलिटी एक्स्पोपछि आयोजना भएको यस शोले नेपालमा तीव्र रूपमा परिवर्तन भइरहेको अटोमोबाइल प्रविधिलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend