२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब गाडी किन्न पाइने मात्र ७.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन


सञ्चार डबली
  • मंगलबार, भदौ ३ २०८२
  • 5.8K
    SHARES

  • images
    एनएमबि बैंकको नयाँ अटो लोन योजना : अब गाडी किन्न पाइने मात्र ७.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

    काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३% को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरि व्यक्तिगत सवारी साधन किन्न सक्नेछन। बैंकले यो योजना सिमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ। इलेक्ट्रिक सवारी साधन किन्न चाहनुभएका ग्राहकहरुका लागि, एनएमबि बैंकको यो अफर एक राम्रो अवसर
    हुनेछ ।

    एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ। बैंकको यो प्रयास दिगो विकासमा टेवा पु-याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो।

    यस अफर बारे थप जानकारी एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबि बैंकको स्टल नं E-24 मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधी मार्फत लिन सकिनेछ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend