काठमाडौं ।एनआई सी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइब्रोडब्याण्ड प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारी सँगै यस बैंककाग्राहकहरुले स्काइब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवालिई डिजिटल भुक्तानी गर्दा १५०० छुट प्राप्तगर्न सकिनेछ ।
यस बैंकका ग्राहकहरुले स्काइब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वानवीकरण गर्दा वार्षिक शुल्कमा १५०० छुट प्राप्तगर्नु सकिनेछ ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामोबैंक MoBank एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
स्काइब्रोड ब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


