२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो नेप्से परिसूचक, कति भयोकारोबार ? 


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 4.7K
    SHARES

  • images
    बढ्यो नेप्से परिसूचक, कति भयोकारोबार ? 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो ।आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा  छ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ बराबरको कारोबार भएको छ ।

    म्युचुअल फन्ड समूह शून्य दशमलव ४९ र अन्य समूह शून्य दशमलव ५८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव १७, विकास बैङ्क शून्य दशमलव ३१, वित्त शून्य दशमलव ०९, होटल तथा पर्यटन शून्य दशमलव २४ र जलविद्युत् समूह शून्य दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी शून्य दशमलव ४३, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४९, लघुवित्त शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ३८ र व्यापार एक दशमलव २९ प्रतिशतले बढेको छ ।

    आज युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको छ लाख २७ हजार १३८ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend