२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकले लिलाम बिक्री गर्न लागेका सम्पत्तिको विवरण कसरी हेर्ने ?


सञ्चार डबली
  • सोमबार, भदौ २ २०८२
  • 5.0K
    SHARES

  • images
    एनआईसी एशिया बैंकले लिलाम बिक्री गर्न लागेका सम्पत्तिको विवरण कसरी हेर्ने ?

    काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीसँग सम्बन्धित सम्पूर्ण जानकारी ग्राहकहरूले अनलाइन पोर्टलबाट हेर्न सक्नेछन् । बैंकले लिलाम बिक्रीसँग सम्बन्धित सम्पूर्ण जानकारी सहज र पारदर्शी तरिकाले उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको थियो ।

    बैंकका अनुसार यस पोर्टलमार्फत बैंकिङ्ग सम्पत्ति, बैंकको नाममा रहेका गैर-बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरुको लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण विवरणहरू एकै ठाउँमा पाउन सकिन्छ।

    ग्राहकहरूले बैंकले प्रकाशन गर्ने लिलाम बिक्री सूचनाभित्र रहेको QR कोड स्क्यान गरी सो पोर्टलमा प्रवेश गर्न सक्नेछन्। त्यहाँ सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, तथा स्थान पहिचानका लागि Google Map सहितको जानकारी उपलब्ध हुनेछ।

    यदि इच्छुक ग्राहकले थप जानकारी चाहेको खण्डमा, सोही सम्पत्ति विवरण रहेको पृष्ठमा उपलब्ध म्यासेज बक्स मार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सोधपुछ गर्न सक्ने सुविधा पनि बैंकले व्यवस्था गरेको छ।

    बैंकले नियमित रूपमा यस पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्ति तथा सम्बन्धित सूचना प्रकाशित गर्ने भएकोले, इच्छुक ग्राहकहरूले सो पोर्टलको प्रयोग गरी विस्तृत जानकारी प्राप्त गर्न सक्ने र यसबाट लाभ उठाउने बैंकले विश्वास लिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend