२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्से परिसूचकमा २७.१४ अंकको गिरावट, काति भयो बारोबार ? 


सञ्चार डबली
  • आइतबार, भदौ १ २०८२
  • 6.3K
    SHARES

  • images
    नेप्से परिसूचकमा २७.१४ अंकको गिरावट, काति भयो बारोबार ? 


    काठमाडौैं ।  साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ ।

    आज आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले सर्वाधिक ७.९३ प्रतिशतका दरले कमाएका छन् कमाएका हुन् । यस्तै अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले कमाउँदा कालिका पावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् ।

    आज सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ७ प्रतिशतका दरले गुमाए । यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ४५ लाख रुपैयाँ र तेस्रोमा नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend