काठमाडौैं । जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंककाग्राहक तथा कर्मचारीहरुलाईजोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले iPhoneमा ५% र MacBookमा ५% र २०% iPhone र MacBook का accessories हरुमा छुट पाउने भएका छन र Creditcard Holder हरुलाई Instrapay Scheme बाट किस्ता बन्धी सुविधा पनि पाउने भएका छन ।
सो छुट सेवा सुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा जोय स्टोर कातर्फबाट कार्यकारी निर्देशक गुरु दत्तशर्मा तथा प्रभु बैंक लि.कातर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।
त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।


