२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल टेलिकमको नाफा तीन अर्ब ५६ करोडले घट्यो


सञ्चार डबली
  • आइतबार, भदौ १ २०८२
  • 4.7K
    SHARES

  • images
    नेपाल टेलिकमको नाफा तीन अर्ब ५६ करोडले घट्यो


    काठमाडौं ।  नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१/८२ मा दुई अर्व ६६ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।यो रकम गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ अर्व २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

    कम्पनीको कर अघिको मुनाफा भने ११ अर्व २१ करोड ६३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन करोड ४३ लाख (अर्थात् ०.३० प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोहि अवधिको कर अघिको मुनाफा ११ अर्व २५ करोड ६ लाख रुपैयाँ थियो ।

    यस्तै, ब्याज र कर अघिको कम्पनीको मुनाफा १९ अर्व २५ करोड ९१ हजार रुपैयाँ छ । यो रकम गत आवको सोही अवधिको तुलनामा एक अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२ प्रतिशत) ले बढी हो ।

    कम्पनीको प्रति शेयर आम्दानी १४.८२ रुपैयाँ छ । गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्व ५३ करोड २४ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको दुई करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३४ अर्व ५६ करोड २ लाख रुपैयाँ सञ्चालन आय गरेको थियो ।

    गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको कुल आय ३८ अर्व ७३ करोड ३३ लाख रुपैयाँ छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ४२ अर्व ११ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    ओटिटि सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको चौथो त्रैमासिकसम्मको तुलनामा करिब ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले घटेको कम्पनीले जनाएको छ । साथै ओटिटि सेवाले कम्पनीको समग्र भ्वाईस एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको छ ।

    कम्पनीले गत वर्ष जिएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एकमुष्ठ भुक्तानी गर्नु गरेको थियो भने सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि अघिल्लो वर्ष चार अर्ब ९७ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

    गत आवको तेस्रो त्रैमासिकसम्म करिब १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुले व्याज आय अघिल्लो आवको तुलनामा तीन अर्ब सात करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटेको कम्पनीले दाबी गरेको छ ।

    प्रतिस्पर्धी आएसपिहरुले मोविलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोवाइलको डेटा प्रयोगमा उल्लेखनीय कमी भएको कम्पनीले जनाएको छ ।

    कम्पनीले गत वर्षसम्म शसर्त दायित्वमा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend