२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भदौमा अधिकांश वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेप ब्याजदर, प्रभु बैंक विपरीत दिशामा


सञ्चार डबली
  • शनिबार, साउन ३१ २०८२
  • 7.4K
    SHARES

  • images
    भदौमा अधिकांश वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेप ब्याजदर, प्रभु बैंक विपरीत दिशामा

    काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन महिनाको तुलनामा अझै कम ब्याज दिने भएका छन्।

    साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत ब्याजदर साउनको ४.११ प्रतिशतबाट घटेर भदौमा ३.९६ प्रतिशत पुगेको छ।

    २० वाणिज्य बैंकमध्ये ८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाएका छन् भने केवल प्रभु बैंकले मात्र दर बढाएको छ। बाँकी बैंकहरुको दर अपरिवर्तित छ।

    सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ। बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ, जसअनुसार १.१३ प्रतिशत अंकले कटौती भएको हो।

    यता प्रभु बैंकले भने उल्टै दर बढाएको छ। प्रभुले साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। साउनमा सबैभन्दा कम ब्याज दिने प्रभु बैंक भदौमा मध्यम स्तरमा पुगेको छ।

    भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ। बैंकले अधिकतम ६.२५ प्रतिशत ब्याज दिनेछ। यो दर साउन महिनासँग उस्तै छ। यस विपरीत लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दतिमा सबैभन्दा कम ५ प्रतिशत ब्याज दिनेछ।

    संस्थागत मुद्दति निक्षेपमा ७ बैंकले ब्याजदर घटाएका छन्। यो वर्गमा औसत ब्याजदर ०.१५ प्रतिशत अंकले घटेको छ। कुनै पनि बैंकले संस्थागत दर बढाएको छैन।

    68a03e6bb036c.png
    undefined

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend