२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वाणिज्य बैंकहरुको नाफा ४३.६८% वृद्धि, इपीएस र लाभांश क्षमतामा शीर्ष स्थानमा को?


सञ्चार डबली
  • शुक्रबार, साउन ३० २०८२
  • 6.1K
    SHARES

  • images
    वाणिज्य बैंकहरुको नाफा ४३.६८% वृद्धि, इपीएस र लाभांश क्षमतामा शीर्ष स्थानमा को?

    काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको अन्त्यसम्म वाणिज्य बैंकहरुले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् । ंयो नाफा अघिल्लो आवको तुलनामा ४३.६८ प्रतिशत बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । गत आवमा अधिकांश बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । 

    नेपाल बैंक, कुमारी बैंक र प्रभु बैंकको नाफामा अप्रत्याशित ग्रोथ देखिँदा वाणिज्य बैंकहरुको समग्र नाफा वृद्धि देखिएको हो । अघिल्लो आवको तुलनामा कुमारी बैंकको नाफा ४५८२१ प्रतिशत, नेपाल बैंकको १३१७५ प्रतिशत र प्रभु बैंकको ९६५ प्रतिशतले बढ्न पुगेको छ । सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा धेरे नाफा कमाउने बैंक बनेको छ । 

    त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले ६ अर्ब ७५ करोड, ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड, प्रभु बैंकले ५ अर्ब ४४ करोड, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड, लक्ष्मी सनराइजले ४ अर्ब ११ करोड, प्राइम कमर्सियलले ४ अर्ब २ करोड, कृषि विकास बैंकले ३ अर्ब ८२ करोड, नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबी बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड, माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ८० करोड, हिमालयन बैंकले १ अर्ब ५१ करोड, सिटिजन्स बैंकले १ अर्ब २९ करोड र एनआइसी एशिया बैंकले जम्मा १६ करोड १५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । 

    इपीएस कुनको कति ? 

    वाणिज्य बैंकहरुको खुद नाफामा उल्लेख्य सुधार देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ । ५ बैंक बाहेक सबैको इपीएस अघिल्लो आवको तुलनामा बढ्न पुगेको छ । गत आवको अन्त्यसम्म सबैभन्दा धेरै इपीएस एभरेष्ट बैंकको ३७.९९ रुपैयाँ रहेको छ । 

    साथै स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३०.१७ रुपैयाँ, कृृषि विकास बैंकको २७.६३ रुपैयाँ, नबिल बैंकको २६.३४ रुपैयाँ, नेपाल बैंकको २५.६८ रुपैयाँ, सिद्धार्थ बैंकको २४.१० रुपैयाँ, प्रभुको २३.१२ रुपैयाँ, प्राइम कमर्सियलको २०.७४ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाको १९.८० रुपैयाँ, सानिमाको १८.९३ रुपैयाँ र एनएमबीको १७.८७ रुपैयाँ रहेको छ । 

    यसका साथै माछापुच्छ्रेको १७.३१ रुपैयाँ, लक्ष्मी सनराइजको १६.९१ रुपैयाँ, नेपाल एसबिआईको १६.५४ रुपैयाँ, ग्लोबल आइएमईको १६.२८ रुपैयाँ, सिटिजन्स बैंकको ८.७६ रुपैयाँ, हिमालयन बैंकको ६.९८ रुपैयाँ र एनआइसी एशियाको १.०८ रुपैयाँ रहेको छ । 

    लाभांश क्षमतामा को अब्बल ?

    गत आवको वितरणयोग्य मुनाफाको आधारमा अधिकांश वाणिज्य बैंक लाभांश दिन योग्य देखिएका छन् । सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको ३८.२७ प्रतिशत रहेको छ । बैंकको वितरणयोग्य मुनाफा उल्लेख्य बढ्दा लगानीकर्तालाई प्रतिफलका रुपमा दिने लाभांश क्षमता ३८ प्रतिशत पुगेको छ । 

    त्यस्तै, सानिमा बैंकको २०.४७ प्रशित, नबिल बैंकको १७.६४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, प्राइमको १४.३३ प्रतिशत, ग्लोबल आइएमईको १४.११ प्रतिशत, सिद्धार्थको १३.२२ प्रतिशत, लक्ष्मी सनराइजको १२.३४ प्रतिशत, नेपाल एसबिआईको ११.२९ प्रतिशत, एनएमबीको १०.४० प्रतिशत, माछापुच्छ्रेको ९.२३ प्रतिशत, सिटिजन्स बैंकको ५.२५ प्रतिशत, प्रभुको ४.४४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाको १.४४ प्रतिशत रहेको छ । बाँकी नेपाल बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक र कुमारी बैंकको लाभांश क्षमता भने ऋणात्मक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend