२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला


सञ्चार डबली
  • बिहीबार , साउन २९ २०८२
  • 5.5K
    SHARES

  • images
    एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला


    काठमाडौं, २९ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा ल्याएको छ । कम्पनीले ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ नामक म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्रीमा ल्याएको हो । कम्पनीले म्युचुअल फण्ड बिक्रीका लागि असार ३ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

    क्यापिटलले १ करोड ५० लाख इकाई योजना एनआईसी एशिया क्यापिटलले सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बिक्रीमा ल्याएको हो ।

    सर्वसाधारणले कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा बिक्री नभएमा भदौ १२ गते सम्म बिक्री खुल्ला गरिने कम्पनीले जानाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend