२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंकको नाफा १३१७५ प्रतिशतले बढ्यो नाफा, लाभांश क्षमता कति ? 


सञ्चार डबली
  • बिहीबार , साउन २९ २०८२
  • 6.0K
    SHARES

  • images
    नेपाल बैंकको नाफा १३१७५ प्रतिशतले बढ्यो नाफा, लाभांश क्षमता कति ? 

    काठमाडौं, २९ साउन । नेपाल बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार आर्थिक वर्षमा बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १३१७५.८९ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ। यो हिसाबले बैंकले समीक्षा वर्षका लागि लाभांश वितरण गर्न नसक्ने देखिएको छ।

    समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ५ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ६८ करोड ३४ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ६९२.४३ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा बैंकले १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १६.८२ प्रतिशतले घटेको छ।

    चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ४४ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ९६ करोड ५० लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा २१ अर्ब ९० करोड ६७ लाख रुपैयाँ थियो।

    समीक्षा वर्षमा बैंकले ३ खर्ब ३२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ खर्ब ४६ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ४।४७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.३३ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २५.६८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.१९ रुपैयाँ थियो। पीई रेसियो ११.३५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend