काठमाडौं, २८ साउन । नुडल्स र स्न्याक्स निर्माण तथा निर्यातकर्ता एशियन थाइफुड्स लिमिटेड (एटिएफ)ले आफनो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन प्रबन्धका रुपमा काम गर्न हिमालयत सेक्युरिटिज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ ।
सम्झौतामा एशियन थाइफुड्सका अध्यक्ष शिवरतन सारडा र हिमालयन सेक्युरिटिज बैंकका प्रमुख कार्यकारी सभाषवहादुर श्रेष्ठ, एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम सारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटिजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थितिमा आधिकारिक रुपमा हस्ताक्षर भएको छ ।
विराटनगर र तोलिहवामा आफना अत्याधुनिक उत्पादन इकाई सहित एशियन थाइ फुड्सले आफ्ना उत्पादनहरु विश्वका ३० भन्दा बढी मुलुकमा निर्यात गर्दै आएको छ । कम्पनीले रमपम, टु पिएम र प्रिती उत्पादन गर्दै आएको छ ।
प्रबन्ध निर्देशक महेश जाजुकाअनुसार हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँगको यो सम्झौताले कम्पनीको विकास यात्रामा नयाँ अध्यायको सुरुवात गरेको छ ।


