२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 आजदेखि निष्कासनमा आयो सागर डिष्टिलरीको आईपीओ


सञ्चार डबली
  • बुधबार, साउन २८ २०८२
  • 4.9K
    SHARES

  • images
     आजदेखि निष्कासनमा आयो सागर डिष्टिलरीको आईपीओ


    काठमाडौं, २८ साउन ।  सागर डिष्टिलरी लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ ।

    गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्कासनका लागि अनुृमति पाएको थियो ।

    त्यसैका आधारमा कम्पनीले पहिलो चरणमा वैदेशीक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो । दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

    छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि बन्द हुने यो आईपीओ खरिदका लागि न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

    लगानीकर्ताले मेरो शेयर अनलााइन, धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend