२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


सञ्चार डबली
  • बुधबार, साउन २८ २०८२
  • 6.7K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।

    बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट वैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेका हुन् । 

    कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा विरामीको उपचारका लागि अक्सिजन ब्यवस्थापन गर्न सहज हुने बताए । ५० बेडको यस अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचास जनासम्म र बार्षिक ७० देखि ८० हजारसम्म विरामीले उपचार सेवा लिने गरेको निर्देशक डा.पाठकले बताए

    सांग्रिला डेभलपमेन्ट बैंंकले आ.व. २८०/८१ को सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृती गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।

    आम नागरिकको विश्वास र भरोसाका कारण यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend