२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन बैंकको नाफा २२.१५% वृद्धि, प्रतिशेयर आम्दानी कति ?


सञ्चार डबली
  • मंगलबार, साउन २७ २०८२
  • 6.0K
    SHARES

  • images
    हिमालयन बैंकको नाफा २२.१५% वृद्धि, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष  २०८१\८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्ष  बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।

    बैंकले गत आर्थिक वर्ष १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ भने समीक्षा अवधिमा बैंकको नाफा २२.१५ प्रतिशत बढेको हो।

    बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९८ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी ४.७२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफ ८८.४१ प्रतिशत बढेको छ।

    बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ भने जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

    बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ  रहेको छ ।  जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। 

    असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ।  बैंकको आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ।  बैंकको मूल्य आम्दानी अनुपात ३३.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend