२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 २६ अङ्कले घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, साउन २७ २०८२
  • 6.1K
    SHARES

  • images
     २६ अङ्कले घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?


    काठमाडौं, २७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव २२ अङ्कले घटेर दुई हजार ७९६ दशमलव २४ बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।

    आज ३२३ कम्पनीको एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ७८ हजार २२६ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ बराबरको कारोबार भएको हो ।

    होटल तथा पर्यटन समूह एक दशमलव ३२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ९४, विकास बैंक शून्य दशमलव ७६, वित्त एक दशमलव ५३, जलविद्युत् एक दशमलव २६, लगानी शून्य दशमलव ६६, जीवन बीमा एक दशमलव ०६ र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बिमा शून्य दशमलव ८१, व्यापार शून्य दशमलव ८६ र अन्य समूह शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।

    सिटी होटल लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको  २६ करोड ७७ लाख ५५ हजार २९३ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको छ लाख छ हजार ३१७ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend