२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल बैंकको खुद नाफा १५ प्रतिशतले बढ्यो


सञ्चार डबली
  • मंगलबार, साउन २७ २०८२
  • 5.9K
    SHARES

  • images
    नबिल बैंकको खुद नाफा १५ प्रतिशतले बढ्यो

     

    काठमाडौं, २७ साउन । नबिल बैंकको खुद नाफा १५ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ७१२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो नाफा ६१९ करोड रुपैयाँ थियो।

    बैंकको खुद ब्याज आम्दानी धेरै बढेन भने पनि लोन लस प्रोभिजन घटेकाले नाफामा सकारात्मक प्रभाव परेको छ। खुद ब्याज आम्दानी अघिल्लो वर्ष १६३१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६३२ करोड रुपैयाँ पुगेको छ। लोन लस प्रोभिजन भने ४६३ करोडबाट घटेर २३९ करोड रुपैयाँ भएको छ।

    बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा रहेको छ भने वितरणयोग्य नाफा ४७७ करोड रुपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend