२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 6.1K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    सोमवार, साउन २६ २०८२

    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामस्थित बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ।बयालपाटा अस्पतालमा आयोजित कार्यक्रममा बैंकको साँफेबगर शाखाका शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा डा. पाठकले अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचाससम्म तथा वार्षिक ७० देखि ८० हजारसम्म बिरामीको उपचार हुने जानकारी दिए । उपकरणले अक्सिजन व्यवस्थापनमा सहजता आउने बताए।

    ५० बेड क्षमताको बयालपाटा अस्पतालले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यसअघि पनि सांग्रिला डेभलपमेन्ट बैंकले आ.व. ०८०/ ८१ को सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक-एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ।

    हाल बैंकले १०९ शाखा कार्यालय र ३० एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ। 

    संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवा र पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend