२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

२७.९० अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 6.0K
    SHARES

  • images
    २७.९० अंकले घट्यो नेप्से, कति भयो कारोबार ?


    काठमाडौं ।  साताको पहिलो कारोबार दिन आईतबार नेप्से २७.९० अंकले घटेको छ । यसदिन नेप्से परिसुचक ०.९७ प्रतिशतले घटेर २८२२.४६ बिन्दुमा पुगेर रोकिएको हो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार भएको छ ।

    आज कुल ३२४ स्टकको १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको थियो ।

    आज सेन्सेटिभ इन्डेक्स ४.७४ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.७३ अंकले घटेको छ ।

    यसदिन रिभरफल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३६.८७ रुपैयाँले बढेर ४०६.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर मूल्य २६.१६ रुपैयाँले बढेर प्रतिकित्ता ४०६.७६ रुपैयाँमा अन्तिम कारोबार गरेको छ । त्यसैगरी सिद्र्धाथ इन्भेस्टमेनट ग्रोथ स्किमको शेयर मूल्य प्रतिकित्ता ०.४५ रुपैयाँले बढेर ११.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेर २२४६.२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लिवर्टि इनर्जीको शेय मूल्य प्रतिकित्ता ७.०६ प्रतिशतले घटेर २३६.२२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.९९ प्रतिशतले घटेर ९८९.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य ५.७४ रुपैयाँले घटेर १८३३.४३ रुपैयाँमा अन्मि कारोबार भएको छ ।

    यसदिन , सिव्म सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेनस लिमिटेड र साहस उर्जा लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend