२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 ४३.३८ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 5.2K
    SHARES

  • images
     ४३.३८ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण कृषि विकास बैंकले सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्षमा बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ रहेको छ। बैंकले १८.४२ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ।

    समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ५ अर्ब ८४ करोड ७६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब १३ करोड ८८ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४१।२७ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ९ अर्ब ८२ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ५५ करोड २७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ६.९३ प्रतिशतले घटेको छ।

    चुक्तापुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ६० लाख रुपैयाँ र रिजर्भमा १५ अर्ब ११ करोड ९४ लाख रुपैयाँ थियो।

    समीक्षा वर्षमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३।२६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.९१ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९ईपीएस० बढेर २७.६३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.५६ रुपैयाँ थियो। पीई रेसियो ११.८४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४१.०४ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend