२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

४.९१ अर्ब एभरेष्ट बैंकको नाफा अर्ब, लाभांश क्षमता ३८५ माथि


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 5.4K
    SHARES

  • images
    ४.९१ अर्ब एभरेष्ट बैंकको नाफा अर्ब, लाभांश क्षमता ३८५ माथि


    काठमाडौं ।  एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३२.८१ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ। बैंकले ३८.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष २८.०६ प्रतिशत थियो।

    समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड ३० लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३१.६३ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ र रिजर्भमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ३ अर्ब ३० करोड २३ लाख रुपैयाँ र रिजर्भमा १२ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो।

    समीक्षा वर्षमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात ९एनपीएल० घटेर ०.३८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.७१ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३७.९९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३१.४७ रुपैयाँ थियो। पीई रेसियो १८.४७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४७/३९ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend