२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 5.6K
    SHARES

  • images
    माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा


    काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।

    कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।

    प्रति कित्ता १०० रुपैयाँ अंकित आईपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

    यो आईपीओ छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ भने यसको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend