काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आवमा संस्थाले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष २ करोड ४४ लाख रुपैयाँ खुद घाटा रहेको रहेको थियो ।
अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले ७ करोड ६६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेकोमा गत वर्षको सोही अवधिसम्म १८ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।
त्यसैगरी कुल सञ्चालन आम्दानी ८ करोड ९७ लाख रुपैयाँबाट बढेर २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष कम्पनी २ करोड ९२ लाख सञ्चालन घाटामा रहेकोमा गत वर्ष १० करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।


