२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कृषि विकास बैंकको नाफा बढ्यो


सञ्चार डबली
  • आइतबार, साउन २५ २०८२
  • 6.3K
    SHARES

  • images
    कृषि विकास बैंकको नाफा बढ्यो

    काठमाडौं । कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को तुलनामा गत आर्थिक वर्षमा नाफा वृद्धि गरेको छ । गत आव ०८१-८२ को तेस्रो चौमासिक अवधिको तथ्यांकअनुसार बैंकले गत आवमा ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा यस्तो नाफा २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ मात्रै गरेको थियो ।

    बैंकले गत आवमा खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख ८४ हजार आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आवको सोही अवधिमा १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ गरेको थियो । बैंकले गत आवमा कुल सञ्चालन आम्दानी भने केही ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार गरेको छ । जुन आम्दानी अघिल्लो आवमा यस्तो आम्दानी १२ अर्ब २२ करोड २ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

    बैंकले गत आवमा कुल सञ्चालन नाफा ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ गरेको छ । जुन नाफा अघिल्लो आवको सोही अवधिमा ४ अर्ब १३ करोड ८८ लाख ५८ हजार रुपैयाँ गरेको थियो ।

    बैंकले गत आवमा प्रतिशेयर नाफा १५.५८ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । बैंकको जोखिमभारित पुँजीकोष भने अघिल्लो आवको तुलनामा वृद्धि भएर १३.३६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिसम्म १२.७४ प्रतिशत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend