२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य वृद्धि, ईपीएस १७ रुपैयाँमाथि


सञ्चार डबली
  • शनिबार, साउन २४ २०८२
  • 6.1K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको नाफामा उल्लेख्य वृद्धि, ईपीएस १७ रुपैयाँमाथि

    काठमाडौं– माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि हासिल गर्दै नाफा झण्डै दोब्बर बढाएको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ मात्र नाफा गरेको बैंकले यस वर्ष २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको हो, जुन ९२.४५ प्रतिशतले बढी हो।

    बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढ्दै ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यसै अवधिमा सञ्चालन नाफा झण्डै १ सय प्रतिशतले वृद्धि भई ३ अर्ब ३३ करोड रुपैयाँमा पुगेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी (EPS) पनि अघिल्लो वर्षको ८.८९ रुपैयाँबाट बढेर १७.३१ रुपैयाँ पुगेको छ।

    बैंकको जगेडा कोष ४८ प्रतिशतले बढेर ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने सञ्चित मुनाफा ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ मूल्य २६१.०९ रुपैयाँमा उक्लिएको छ।

    निक्षेप पक्षमा, कम्पनीको निक्षेप संकलन ३.२३ प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। तर, अघिल्लो वर्षको चौथो त्रैमासमा यसले ३.४८ प्रतिशत गिरावट बेहोरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend