२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा मानवसेवा आश्रमलाई अत्यावश्यक सामग्री हस्तान्तरण


सञ्चार डबली
  • बिहीबार , साउन २२ २०८२
  • 4.3K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा मानवसेवा आश्रमलाई अत्यावश्यक सामग्री हस्तान्तरण

    काठमाडौं ।  नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम, धनगढी, कैलालीलाई अत्यावश्यक सामग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरेको छ । यस किसिमको पहलले सडकमा बस्ने घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पु-याउने लक्ष्य बैंकले राखेको छ ।

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्दले आश्रमका सुदुरपश्चिम प्रदेश संयोजक, आदर्श ढकाललाई उक्त सामग्रीहरु तथा सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

    सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख जोखिम अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, अर्जुन नेपाल, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला र बैंक तथा आश्रमका वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

    बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंक लि।ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend