२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण


सञ्चार डबली
  • बुधबार, साउन २१ २०८२
  • 4.4K
    SHARES

  • images
    एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

    काठमाडौँ । एनएमबि बैंकले नेपाल प्रहरीका लागि विपद् उद्दार सामग्रीहरू हस्तान्तरण गरेको छ । बैंकले मनसुनको मौसम र यसमा देखिने अस्थिरता तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त सामाग्रीहरू हस्तान्तरण गरेको हो ।

    बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एउटा १६ फिटको सेल्फ९बेलिङ राफ्ट, लाइफ ज्याकेटहरू, र अन्य विपद् उद्दार सामग्रीहरू नेपाल प्रहरीलाई मङ्गलबारका दिन काठमाडौँको रानीपोखरीस्थित, काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ। 

    एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत, गोविन्द घिमिरेले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाईलाई औपचारिक रूपमा ती उद्दार सामग्रीहरू हस्तान्तरण गरेका हुन् । 

    उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोटसहित लाइफ ज्याकेटहरू र अन्य आपतकालीन उपयोगी उपकरणहरू समावेश छन्।

    मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरूको सम्भावना उच्च हुने भएकाले, यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ।

    एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, तथा विपद् व्यवस्थापन जस्ता विभिन्न क्षेत्रहरूमा निरन्तर योगदान पुर्याउदै आइरहेको छ। यस प्रकारको सहयोगले समुदायमा बैंकको प्रतिबद्धता झल्काउने विश्वास बैंकको रहेको छ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend