२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलका सेवामा छुट पाउने


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 7.4K
    SHARES

  • images
    एनआईसी एशिया बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलका सेवामा छुट पाउने

    मंगलबार, २० साउन २०८२
    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि, फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । 

    यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् । 

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नु पर्नेछ । फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend