२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंक र अल्फा हेल्थबीच सहकार्य, बैंककर्मी र ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 6.0K
    SHARES

  • images
    नेपाल बैंक र अल्फा हेल्थबीच सहकार्य, बैंककर्मी र ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट


    काठमाडौं ।  नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ।

    सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले ब्लड टेस्ट, युरिन टेस्ट, एक्स–रेलगायत प्याथोलोजी सेवामा छुट पाउने छन्। साथै, औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट र निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध हुनेछ।

    सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन्। यो सहकार्यले बैंकका कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच अझ सहज र किफायती हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend