२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंक र पाटन अस्पतालबीच महिलाको उपचारका लागि आर्थिक सहयोगको सम्झौता


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 6.3K
    SHARES

  • images
    सानिमा बैंक र पाटन अस्पतालबीच महिलाको उपचारका लागि आर्थिक सहयोगको सम्झौता

    काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

    बैंकले आगामी एक वर्षका लागि न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा खर्च गर्न पाटन अस्पताललाई आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो सहयोग कार्यक्रम सानिमा बैंकले २०७४ सालदेखि सञ्चालन गर्दै आएको हो, जसअन्तर्गत देशका विभिन्न अस्पतालमार्फत आर्थिक रूपमा कमजोर महिलाहरूलाई उपचार सहयोग प्रदान गरिँदै आएको छ।

    बैंकको “नारी बचत खाता” कार्यक्रमअन्तर्गत प्रत्येक खाताखोलिएपछि मासिक रुपमा एक रुपैयाँ नारी राहत कोषमा जम्मा हुँदै आएको छ। यही कोषमा संचित रकमबाट उपचार सहयोग प्रदान गरिन्छ।

    सम्झौतासम्बन्धी कार्यक्रम पाटन अस्पताल परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृतहेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

    सानिमा बैंकले हाल सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend