२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 6.4K
    SHARES

  • images
     सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार १८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend