२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फन्डको आकर्षक लाभांश घोषणा


सञ्चार डबली
  • मंगलबार, साउन २० २०८२
  • 5.4K
    SHARES

  • images
    लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फन्डको आकर्षक लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आकर्षक लाभांश घोषणा गरेको छ।

    क्यापिटल सञ्चालक समितिको बैठकले ‘लक्ष्मी भ्यालु फन्ड–२’ र ‘सनराइज ब्लुचिप फन्ड’का इकाइधनीलाई आर्थिक वर्ष २०८१.८२ का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार करसहित लक्ष्मी भ्यालु फन्ड–२का इकाइधनीलाई १५ प्रतिशत र सनराइज ब्लुचिप फन्डका इकाइधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

    यी दुवै योजनाको लाभांश वितरण प्रयोजनार्थ क्यापिटले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २६ गतेभन्दा अघिसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन्।

    क्यापिटलले हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका इकाइधनीलाई सोही बैंक खातामा प्रतिफलबापतको रकम जम्मा गरिने जनाएको छ। त्यसकारण आफ्ना हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न क्यापिटलले इकाइधनीहरुलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend