२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण


सञ्चार डबली
  • सोमबार, साउन १९ २०८२
  • 7.5K
    SHARES

  • images
    एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

    सोमबार, १९ साउन २०८२
    काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमविच उक्त सोलार सामग्री हस्तान्तरण गररएको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्री माननीय श्री बिन्दुकुमार थापा ज्यूले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घा-टन गनुभएको थियो ।

    एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे ज्यूले कार्यक्रमको अध्यक्षता गनुभएको थियो । बैंकका संस्थापक शेयरधनिहरू श्री राजेन्द्र कुमार बाटाजु, प्रा. डा. हरि पाठक, श्री शालिकराम घिमिरे, श्री विमल बहादुर कुँवर र श्री ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष, श्री रामजी अधिकारी ज्यूले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

    बैंकको तर्फबाट संस्थापक शेयरधनिहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रुपमा सोलार सामग्री हस्तान्तरण गनुभएको थियो । उक्त कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय ज्यू, मानवसेवा आश्रमका महासचिव श्री सुशीला के. सी. (रूपा) ज्यू, रिटेल तथा साना व्यबसाय प्रमखु गणेश पराजुली ज्यू, एनएमबि बैंकका प्रदेश प्रमुख श्री दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिथिहरूको पनि उपस्थिति रहेको थियो ।

    एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस बर्षको साउन महिनालाई 'ग्रिन मन्थ' (Green Month) को रूपमा मनाइरहेको छ । सोही अभियान अन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा, यो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सम्पन्न भएको हो। बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend