२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माबिलुङ्ग इनर्जीको आईपीओ सर्वसाधारणका लागि, भदौ ९ गतेसम्म आवेदन दिन सकिने


सञ्चार डबली
  • सोमबार, साउन १९ २०८२
  • 7.1K
    SHARES

  • images
    माबिलुङ्ग इनर्जीको आईपीओ सर्वसाधारणका लागि, भदौ ९ गतेसम्म आवेदन दिन सकिने


    काठमाडौं ।  माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले जम्मा ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजीको ४८.९९९८ प्रतिशत बराबर, अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँको १८ लाख ९० हजार ५३० कित्ता शेयर सार्वजनिक रूपमा निष्काशन गर्नेछ।

    यस दोस्रो चरणमा कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्न लागेको छ।

    ३० हजार ९५ कित्ता कर्मचारीका लागि,७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

    अतः सर्वसाधारणले बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    न्यूनतम १०, अधिकतम ५० हजार कित्तासम्म आवेदन,यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    आवेदन छिटोमा साउन २९ गतेदेखि, ढिलोमा भदौ ९ गतेसम्म दिन सकिनेछ।

    कहाँ र कसरी गर्ने आवेदन?
    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

    लगानीकर्ताहरूले आवेदन यसरी दिन सक्नेछन्ः

    नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट, सि–आस्बा प्रणाली प्रयोग गरी,वा ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend