२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंक लिमिटेड Capital Finance International (CFI.co), London / Asian Banking & Finance (ABF), Singapore  द्वारा सम्मानित


सञ्चार डबली
  • आइतबार, साउन १८ २०८२
  • 6.8K
    SHARES

  • images
    नेपाल एसबिआई बैंक लिमिटेड Capital Finance International (CFI.co), London / Asian Banking & Finance (ABF), Singapore  द्वारा सम्मानित

    आइतबार, १८ साउन २०८२

    नेपाल एसबिआई बैंक लिमिटेड, क्यापिटल फाइनान्स इन्टरनेसनल (CFI.co), “च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५” को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ ।

    त्यसैगरी बैंक, सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (ABF) द्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर”, “नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर”, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर – नेपाल” र “एसएमई बैंक अफ द इयर – नेपाल” बाट सम्मानित भएको हो ।

    यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend