२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण


सञ्चार डबली
  • आइतबार, साउन १८ २०८२
  • 5.1K
    SHARES

  • images
    एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

    आइतबार, १८ साउन २०८२
    काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो ।

    एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे वृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए । उनले एनएमबि बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री  र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए ।

    जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु  निरन्तर गरिरहेको बताए। घिमिरेले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात  वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबि बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा कर्जा लगानीहरु गरेको बताउदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख्य गरे।

    तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि वृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे ।

    तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend