काठमाडौं । आरएसडिसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्तको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेलको नियुक्ति आगामी भदौ १० गतेदेखि लागू हुने छ । यस अघि पनि कम्पनीको सीईओ रहेका पौडललाई पुनः ४ वर्षका लागि संस्थाको सीईओ र कम्पनी सचिवको जिम्मेवारी दिइएको हो ।


