२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा


सञ्चार डबली
  • बुधबार, साउन १४ २०८२
  • 7.0K
    SHARES

  • images
    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ल्यायो ‘इन्स्टन ईएमआई’ सुविधा

     

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले नेपालमै पहिलोपटक ‘पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा ल्याएको छ ।

    ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, बैंकले नेपालमै पहिलोपटक ‘एनआईएमबी ‘एनआईएमबी पीओएस मशिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्टन ईएमआई’ सुविधा शुरू गरेको छ ।

    अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मशिन’मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी (ईएमआई) सुविधा प्रयोग गर्न सक्नेछन् ।

    यो सुविधा ग्राहकहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटविना तुरुन्तै उपलब्ध हुनेछ।

    ‘इन्स्टन ईएमआई’ सुविधाले ग्राहकलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउने बैंकको विश्वास छ ।

    यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्नेछ।

    सरल प्रक्रियामार्फत स्वचालित रूपमा शुरू हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend