२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट 


सञ्चार डबली
  • बुधबार, साउन १४ २०८२
  • 5.8K
    SHARES

  • images
    एन आई सी एशिया बैंकका ग्राहकहरुलाई लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट 

    बुधबार, १४ साउन २०८२
    काठमाडौं । एन आई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहक महानुभावहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

    ग्राहक महानुभावहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख श्री बिमल लम्साल ज्यू र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर श्री मनोज कुमार थापाज्यूले हस्ताक्षर गर्नु भएको छ ।

    यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend